काठमाडौं – हङकङले ६ जना ‘प्रजातान्त्रिक’ अभियानकर्मीहरूको पासपोर्ट रद्द गरेको छ । बेलायतमा निर्वासित ६ जनाको पासपोर्ट रद्द भएको जर्मनीको विश्व सेवा डिडब्लूले बताएको छ । हङकङ प्रशासनले ६ जनालाई कानूनहिन फरार अपराधीको संज्ञा दिएको हो ।
हङकङ सरकारका प्रवक्ताले भनेका छन्, ‘यी कानूनहिन फरार अपराधीहरू बेलायतमा लुकेर बसेका छन् । राष्ट्रिय सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न हुँदै आएका हुन् । प्रवक्ताले उनीहरूले हङकङ विशेष प्रशासकीय क्षेत्रको मानमर्दन गर्ने अभियानमा पनि उनीहरू लागेको जनाएका छन् ।
प्रतिक्रिया