स्थिर रहेको सुनको भाउ प्रतितोला छ सय रूपैयाँले बढ्यो


काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको हो । आज चाँदी प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।