मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित


जनकपुरधाम– मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । मधेश प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको सातौँ बैठकले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको हो ।

गत मङ्गलबार मधेश प्रदेश सरकारकोतर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।