Logo

सुमनले नेपालबाटै पाए यूएईको गोल्डेन भिसा

इटहरी– कोशी प्रदेशको इटहरी निवासी सुमन फुयाल संयुक्त अरब इमिरेट्स (यूएई) ले २०२० बाट सुरु गरेको ‘गोल्डेन भिषा’ नेपालबाटै पाउने पहिलो नागरिक भएका छन् । यो भिषा नेपाली वा अन्य देशका सर्वसाधारण नागरिकले पाउन असम्भव जस्तै नै छ । यसअघि पनि एक नेपालीले यो भिषा प्राप्त गरेका थिए । तर उनी युएई मै कार्यरत हुन् ।

हालै गोल्डेन भिषा प्राप्त गर्ने सुमनले भने नेपालबाटै २ महिनाअघि अनलाइन एप्लाई गरेका थिए । त्यसैले उनी नेपालबाट एप्लाई गरेर यो भिषा प्राप्त गर्ने पहिलो नेपाली हुन् भन्न सकिन्छ ।

यो भिषा ‘असाधारण प्रतिभा’ भएका युएईका स्वदेशी तथा विदेशी नागरिकले स्थायी बसोबासको व्यवस्था सहित १० वर्षका लागी नविकरण गर्ने सुविधा सहित प्राप्त गर्न सक्छन् । गोल्डेन भिषाले डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता प्रतिभावान ब्यक्तिहरुलाई प्राथमिकता दिन्छ । सुमन फुयाल आईटी एक्स्पर्ट हुन् । आईटिमा प्रतिभावान फुयालले अनलाइन एप्लाइ गरेर भिषा स्वीकृत भएपछि स्वयं उपस्थित भएर समेत भेरिफाईड गर्नुपर्ने भएको हुनाले उनी यतिबेला युएई पुगेर गोल्डेन भिषा लिइसकेका छन् ।

सुनसरीको इटहरीमै रहेर करिब १० वर्षदेखी निरन्तर लागिपरेर आफ्नो आईटी करियरलाई अन्तर्राष्ट्रियकरणी गरेका उनी चर्चित अनलाईन प्लाटफर्म ‘विक्स’को पार्टनर समेत हुन् । नेपालबाट उनी यसका लागी एकमात्र पार्टनर हुन् । यस्तै उनले आईटी क्षेत्रबाटै वर्ल्ड रेकर्ड समेत राखेका छन् । उनले गुगल, माईक्रोसफ्ट लगायत १८ अन्य प्लाटफर्मबाट सर्टिफिकेट समेत प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्