काठमाडौं– कांग्रेसका महामन्त्री तथा सांसद गगन थापामाथि भ्रष्टाचार मुद्दा हालेको समाचार झुटो भएको खुलेको छ । बुधबार नारी टेलिभिजनको दृष्टीकोण कार्यक्रममा मार्फत डार्क फाइल अभियान्ता राज कुमार तिमल्सिनाले महामन्त्री थापाविरुद्ध भ्रष्टाचार मुद्दा हालेको बताएका थिए । सो कुरा झुटो रहेको खुलेको छ ।
गगन थापा स्वास्थ्य मन्त्री तथा अन्य पदमा रहँदा पदको दुरुपयोग गरि ५४ करोड ५० लाख नीतिगत रुपमा तथा सेटिङबाट भ्रष्टाचार गरेको आरोप डार्क फाइल अभियान्ताले लगाएका थिए ।
उनले विभिन्न सार्वजनिक पद धारणको समयमा पदीय दुरुपयोग गरि नीतिगत तथा केही अदृश्य लाभ ग्रहण गरी राज्यको चरम अनियमितता गरेको देखिएको हुँदा भ्रष्टाचार निवारण ऐन र सम्पत्ती शुद्धीकरण ऐनबमोजिम कारबाही गरि पाउँ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा तीन÷चारदिन अघि जाहेरि पेश गरेको जानकारी दिएका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा झूटो तथ्य हिन आरोप लगाएर चरित्र हत्या गर्न खोजेको र सो सफल नभएपछि श्रीमतीको टेलिभिजनमार्फत चरित्र हत्या गर्न खोजिएको गगन निकट स्रोतले बताएको छ । नारी टेलिभिजनको सञ्चालक रविकै श्रीमति निकिता पौडेल हुन् । दृष्टिकोण कार्यक्रमकी सञ्चालक ज्वाला संग्रौला रविकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य हुन् ।
रविले श्रीमतिको टेलिभिजनबाट रास्वपाको कार्यकर्ताले सञ्चालन गरेको कार्यक्रममा थापाको चरित्रहत्या गर्ने नियत राखेको स्रोतले बताएको छ । राजकुमार तिमल्सिनाले फेक डकुमेन्ट र अडियो बनाइ डार्क फाइल काण्ड खडा गरेर चरित्र हत्या गरेको भनी प्रहरीबाट प्रमाणीत भईसकेको उनले बताए । नाम नखुलाउने सर्तमा उनले भने, ‘कार्यक्रमको वक्ता गृहमन्त्री रवि लामिछानेको मातहत रहेको प्रहरी प्रशासनले राजकुमार तिमल्सिनाले फेक डकुमेन्ट र अडियो बनाएर चरित्र हत्या गरेको भनी प्रमाणीत गरिसकेपछि पनि आफ्नो श्रीमतीको टिभीबाट त्यहीँ व्यक्तिको अन्तरवार्ता आउनु र कुरा त्यहीँ तथ्यहिन हुनुले रवि र उनको पार्टी माथि गम्भीर शंका उब्जिएको छ ।’
प्रतिक्रिया