काठमाडौं– आइसिसी टि–२० विश्वकपमा सुपर ८ बाट श्रीलंका बाहिरिएको छ । बिहिबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई हराएसँगै श्रीलंकाको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको हो । तीन खेलमा १ अंक जोडेको श्रीलंकाको बंगलादेश र नेदरल्यान्ड्स बीचको खेल रद्द भएको कमव्याक गर्ने सम्भावना रहन सक्थ्यो । तर खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई हराएसँगै श्रीलंकाको सम्भावना सकिएको छ । समुुह ‘डि’ मा नेपालसँगै रहेको अर्को देश श्रीलंका भने सुपर ८ मा प्रवेश गरिसकेको छ ।अब सुपर ८ मा नेपाल, बंगलादेश र नेदरल्यान्डुसमध्ये एउटा टोली पुग्नेछ । बंगलादेशले ३ खेलमा दुई जितसहित ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । नेदरल्यान्डसले तीन खेलमा एक जित र दुई हारसहित २ अंक जोडेको छ । एक खेलमा हार व्यहोरेको नेपाले एक खेल रद्द भएपछि श्रीलंकासँग अंक बाँड्दै १ अंक जोडेको छ । नेपालले शनिबार साउथ अफ्रिकासँग र सोमबार बंगलादेशसँग खेल्दैछ । यदी नेपाल सुपर ८ मा पुग्ने हो भने समुह चरणको दुबै खेल नेपालले आफ्नो नाममा गर्नुपर्नेछ । साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको छ भने बंगलादेशले नेपाललाई हराएमा ६ अंकका साथ सुपर ८ मा पुग्नेछ । बंगलादेश सुपर८ मा पुग्ने छ । नेपालको समूहमा साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको छ ।
यता, नेदरल्यान्डससँग अन्तिम खेलमा श्रीलंकासँग पराजित भएमा वा खेल रद्द भएमा बाहिरिनेछ । जितेको खण्डमा नेट रन रेटबाट निर्णय हुनेछ ।
प्रतिक्रिया