Logo

पहिरोले गाउँपालिका उपाध्यक्षका परिवारका चार जनाको मृत्यु

ताप्लेजुङ– पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । मध्यरात करिब २ बजे आएको पहिरोले घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर उनको बुबा र कान्छी आमा र दुईजना जुम्ल्याहा बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु छन् । यस्तै पहिरोमा परी साम्रा परिवारका अन्य दुई जना घाइते भएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्