गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने खानाका साथै एकपटक पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।
सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने ७ समूहका विभिन्न खाद्यवस्तुहरु (१. अन्न वा जमिन मुनी फल्ने कन्दमूल,
२. गेडागुडी, बियाँ
३. दूध तथा दूग्ध पदार्थ
४. मासु/माछा
५. अण्डा
६. भिटामिन ए पाइने फलफूल र तरकारी जस्तै ९ पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी, अन्य फलफूल तथा तरकारी मध्येबाट कम्तिमा ४ समूहका खानेकुराहरु खुवाउनु पर्दछ। सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सुक्ष्म पोषक तत्वको कमीबाट टाढा रहन सकिन्छ ।
गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन आफुले खानु भन्दा १ २ पटक धेरै खाने। खाना सहित पोसिलो खान खानु पनि जरुरि हुन्छ । सुत्केरी महिलाहरुलाई यस्तो अवस्थामा विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, , मिश्री, सख्खर), थप पोषिलो खाना खुवाएमा दुध उत्पादन गर्न मद्दत गर्दछ । यसको साथै सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ ।
साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ। बालबालिका जन्मिएपछि आमालाई ४२ दिन भित्र १ मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ । भिटामिन ए धेरै मात्रामा पाइने खानेकुराहरु जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फर्सी, गाँजर पनि खुवाउनु पर्दछ ।
गर्भा अवस्था मा स्वोस्थ रहने तरिका
पोषिलो खाना खान सक्दो प्रयास गर्नु पर्छ। पोषिलो खानाले शक्ति दिन्छ र साथ साथै शरीरमा रोग लाग्न र संक्रमण हुनबाट बचाऊछ। पोषिलो खानाले बच्चा स्वस्थ बनाउँछ र सुत्केरी हुँदा रगत धेरै जान नदिनसमेत मद्दत पुर्याउछ । तपाई ले खाने खाना तपाइको मात्र नभएर दुइ जना को हो । तपाईंको बच्चालाई सुस्त मनस्थिति हुन नदिन आयोडिनयुक्त नुन प्रयोग गर्नुहोस्। सकेसम्म बढी आराम गर्ने तथा थकाइ मार्ने प्रयास गर्नुहोस्। उभिएर काम गरि रहनु पर्ने भए तपाई बेला-बेलामा बस्ने तथा पल्टेर आराम गर्ने गर्नुहोस्।
सफा रहनुहोस्, नियमित नुहाउने, सफा रहने र दैनिक दाँत माभने गर्नुहोस्। जन्मिएपछि बलियो हुन मद्दत पुग्छ ।
दिनदिनै हिड्ने वा केही व्यायाम गर्नुहोस्, यदि तपाईं बसेर काम गर्नुहुन्छ भने
यौनरोग तथा अन्य खाले संक्रामक रोगहरू लागेका छन् भने बेलैमा उपचार गराइहाल्नुहोस् । अनावश्यक औषधि तथा जडीबुटी नखानुहोस्। कुनै पनि औषधि स्वास्थ्य मादक पदार्थ (रक्सी) खाने, सुर्ती चपाउने वा धुम्रपान नगर्नुहोस्। यी चिजहरूले आमा र गर्भको बच्चालाई समेत हानी पुयाउँछन्।
किटनाशक विषादी र औद्योगिक क्षेत्रका रसायनहरूबाट टाढा रहनुहोस्। यी चिजहरूले गर्भको बच्चाको विकास हुन दिँदैनन्। यी चिजहरूलाई नछुनुहोस् र यीनको वरिपरि पनि भरसक नबस्नुहोस्। यस्ता चिज राखेका भाँडाहरूमा पानी वा खानेकुरा केही नराख्नुहोस्।
ठेउला वा छालामा बिबिरा आएका बच्चाको छेउछाउ नबस्नोस्। यो दादुरा पनि हुनसक्छ, जसले गर्भको बच्चालाई हानी पुयाउँछ ।
गर्भवती भएको बेला कब्जियत हुने समस्या देखिन्छ तेसैले यी कुरा हरु ले कब्जियत हुन दिदैन :
गर्भवती भएका बेला पेटले अलि ढिलो काम गर्छ । यस कारण दिसा कडा (साह्रो) हुन्छ र दिसा गर्न कठिनाइ हुन्छ । तेसैले आफुलाई सहज मसुस गर्न यी कुरा हरु अपनाउनु पर्छ।
प्रत्येक दिन आठ ग्लासजति पानी पिउनुहोस्।
नियमित रूपमा व्यायाम गर्नुहोस्।
आइरन चक्की खाइरहनुभएको छ भने दिनमा एकपटक फलफूल वा सब्जीको रससित खाने गर्नुहोस्। सम्भव नभए केही दिन बिराएर खानुहोस् ।
फलफूल, सब्जी र मकैका च्याख्ला, आटा, नफलेको चामल खस्रा खानाहरू खाने गर्नुहोस्।
कम्मर दुख्नु गर्भको बच्चाको तौल बढ्न थालेपछि कम्मर दुख्ने हुन्छ ।
प्रतिक्रिया