काठमाडौं महानगरले विद्यालयमा डायट प्लान’ लागु गरेर ‘सेन्ट्रल किचेनको ’ अवधारणा


 

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा ‘सेन्ट्रल किचेन’ अवधारणा लागु गर्ने भएका छन् । महानगरभित्र २ सयभन्दा कम विद्यार्थी भएका विद्यालयमा यस्तो अवधारणा लागु गरिने मेयर बालेन शाहले जानकारी दिएका छन् । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले काठमाडौंमा पूर्वप्राथमिक केन्द्रबाटै खेलकुदलाई प्राथमिकता दिने पनि बताएका छन् ।

सबै स्रोत केन्द्रमा एक–एक मनोसामाजिक परामर्शदाता र नर्स व्यवस्था गरिने घोषणा समेत उनले गरेका छन् । पूर्वप्राथमिक तहका कक्षा २ मा सञ्चालन गरिने उनले बताएका छन्। विद्यार्थीको अन्तर्राष्ट्रिय स्तरको क्षमता बढाउन भौतिक र शैक्षिक गुणस्तर बढाउने भन्दै उनले विद्यालयमा दिवा खाजाका लागि ‘डायट प्लान’ बनाएर लागु गरिने बताएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गरिने समेत उनले बताएक छन् ।