Logo

बन्द कोठामा लेनदेन गरेर सार्वजनिकरूपमा औपचारिकता दिने काम काठमाडौंले गर्दैन– बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरले बन्द कोठामा एउटा निणर्य र बाहिर अर्को निर्णग नगरेको बताएका छन् । उनले बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले नगर्ने बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महानगरका नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनसमेत निर्देशन दिएका छन् ।

उनले तीन जना नेताका कारण महानगरका १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै लेखेका छन्, ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।’
उनले महानगरका हरेक छलफल र निर्णय सार्वजनिक रुपमा गर्दै आएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

जनप्रतिनिधि कुनै पार्टीको नेता वा उपनेताको रुपमा नगरसभामा नरहने र सबैको समान सगभागिता रहने उनले बताए । उनले भने, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्