Logo

७२ जिल्लामा डेंगु फैलियो, उपत्यकामा १६७ मा सङ्क्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा १६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा १२२ जना, भक्तपुरमा २७ जना र ललितपुरमा १८ जना गरी काठमाडौँ उपत्यकाका १६७ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।

मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्