Logo

सांसद रोशन कार्कीले भनिन्, ‘१ लाख रूपैयाँमात्रै विनियोजन गरेर सरकारले योगमायाको अपमान गर्यो’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले योगमायाको अपमान भएको बताएकी छिन् । योगमाया विश्वविद्यालयका लागि १ लाख रूपैयाँमात्रै विनियोजन गरेर सरकार र शिक्षा मन्त्रीले योगमायाको अपमान गरेको उनले बताएकी हुन् ।

आइतबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद कार्कीले योगमाया विश्वविद्यालयका लागि विनियोजन गरेको बजेट योगमायामाथि र सिंगो इतिहासको अपमान भएको बताइन्। सांसदहरूलाई कम्तिमा १ करोड रूपैयाँँको बजेट माग गर्न भनिएको पनि उनले बताइन्।

‘कम भयो भने ७५ लाखसम्मका हाल्नु भनेर सिलिङ तोकिएको थियो। शिक्षा मन्त्रालयमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्नका लागि रू १ लाख रूपैयाँ छुट्याएको छ । यो त इतिहासको अपमान भयो। योगमायाको अपमान भयो,’ उनले भनिन् ।

उनले योगमायाको देन र त्यागबारे पढ्नका लागि शिक्षामन्त्रीलाई आग्रहसमेत गरिन्।

 

प्रतिक्रिया दिनुहोस्