Logo

मालपोत कार्यालयको क्यान्टिनमा आगलागी

काठमाडौं– ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा रहेको मालपोत कार्यालयको क्यान्टिनमा आगलागी भएको छ ।

आगलागीबाट २ वटा फ्रिज, ३ थान ग्याँस चुल्हो र ३ वटा टेबल लगायतका सामान जलेको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आगालागीबाट भएको क्षतिको यकिन विवरण भने अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्