पश्चिम बङ्गालको दार्जिलिङमा रोकिराखेको रेललाई मालगाडीको ठक्करले ५ मृत्यु


 

काठमाडौँ – पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको हो । अरू २५–३० जना घाइते भएको जनाएको छ । घटना बिहान करिब ९ बजेतिरको भएको बताइएका छन् ।

यस घटनामा यात्रुवाहक रेलको ३ ओटा डब्बा लिक बाहिर झरेको छ । रेल अगरतलाबाट सियालदह जाँदै थियो । घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा भएको थियो ।