Logo

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

 

मोरङ– ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएको बेला ब्रेन ह्यामरेज भएर थलिएका गच्छधारको निधन भएको हो ।

स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनको मंगलबार अन्तिम संस्कार गरिने तयारी छ ।

उता गाउँपालिकाका अध्यक्ष बिरामी भएयता गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्