Logo

मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता

काठमाडौँ – मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी हुन् ।

कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएको सुर्खेत प्रहरीले बताएको छ। अहिले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्