काठमाडौँ -अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । झापामा वर्षाको कारण ले माईखोलामा बाढी आएको छ। तेही माईखोलामा आएको बाढी ५० बिघामा लगाएको खेत मा पसेर ५० बिघामा लगाएको मकैबालीलाई नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द भन्छन- बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको छ।
गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको हो । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको बताएको छ ।
प्रतिक्रिया