काठमाडौँ – लागु औषध नियेंत्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी रहेका छन् । आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । सो कोकिनको बजार मूल्य करिब १५ करोड ७६ लाख हुनेछ ।
६८ वर्षका डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर काठमाडौँ आएका थिए । उनको पेटबाट प्रहरीले १ केजी २०६ ग्राम क्याप्सुल निकालेको हो । डोनाल्डको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ । बोलिभियन लाउर क्रुजले १२१ वटा कपडाको बटनमा लुकाएर २ किलो १ सय ग्राम कोकिन ल्याएकी छिन् । भेनेजुयलाका ३९ सिमोन पनि क्याप्सुल आकारका कोकिन निलेर ब्राजिलबाट काठमाडौँ आएका थिए । उनको साथबाट १ किलो १९८ ग्राम बरामद गरिएको हो ।
प्रतिक्रिया