Logo

आँपलाई फ्रिजमा राख्नु हुन्छ कि हुदैन ?

 

 

 

काठमाडौँ – अहिले आप को मौसम भएको ले यतिबेला बजारमा जताततै आँप नै आप छ । कसैलाई आँप काटेर खान मन पर्छ त कसैले नकाटी कन खान मन परछ। कोही यसलाई लस्सी, म्याङ्गो शेक आदि बनाएर खाने गर्छन । चाहे केटाकेटी हुन् वा वृद्धवृद्धाले सबैले आँप रुचिका साथ खान्छन् । कयौँ गुणले भरिपूर्ण फलफूलको राजा हो आँप । एकै पटक धेरै आँप किनेर राख्दा बिग्रिएर कयौँ त फ्याक्नु पर्ने पनि हुन सक्छ ।

आँपलाई फ्रिजमा राख्नु हुन्छ कि हुदैन ?

यूनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चरको एउटा रिपोर्टका अनुसार आँपलाई कोठाको तापक्रममा नै राख्नु राम्रो हुन्छ । फ्रिज बाहिर सामान्य तापक्रममा राख्नाले आँपमा समावेश एन्टि–अक्सिडेन्ट्स सक्रिय रहन्छ र यसले हाम्रो स्वास्थलाई विभिन्न तरिकाले फाइदा पऱ्याउँछ ।

विशेषज्ञका अनुसार आँपबाहेक प्राय:गर्मी मोसममा पाइने अन्य ट्रपिकल फलफूललाई पनि फ्रिजमा राख्नु हुँदैन, किनभने यिनीहरु चिसोप्रति धेरै संवेदनशील रहन्छन । केही मानिसहरू बजारबाट आँप किनेर घर ल्याउने बित्तिकै फ्रिजमाराख्ने बानि हुन्छ । तर फ्रिजको चिसोका कारण आँप राम्रोसँग पाक्दैन अनि फ्लेभर पनि घट्छ । आँपलाई फ्रिजमा राख्दा यसका कयौँ पोषक तत्त्व घट्न थाल्ने अनि यसको स्वादमा पनि परिवर्तन आउने विज्ञहरूले बताउँछन् ।

यति धेरै आँप भण्डारण गर्न पनि निकै गाह्रो छ । कतिपयलाई आँपको चिसो स्वाद मन पर्छ । यस्तो अवस्थामा मानिसहरु आँपलाई फ्रिजमा राख्छन् तर आँपलाई फ्रिजमा राख्नु गलत हो ।

यसले तपाईको स्वास्थ्यमा धेरै हानी पुर्‍याउन सक्छ। आँपलाई फ्रिजमा राख्न नहुने खाद्यविज्ञहरू बताउँछन् । यसले आँपको पौष्टिकता र स्वाद दुवै घटाउँछ।

 

प्रतिक्रिया दिनुहोस्