Logo

बंगलादेशलाई हराउँदै अफगानस्तान टि–२० विश्वकपको फाइनलमा, अस्ट्रेलिया भने बाहिरियो

काठमाडौं– जारी आइसिसी टि–२० विश्वकपको सुपर ८ मा बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो ।

१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । उनले नटआउट रहँदै ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । तोहिद हृदोयले ९ बलमा १४ रन र सौम्य सरकारले १० बलमा १० रन जोडे ।
कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । नविन उल हकले ३.५ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

कप्तान रासिद खानले १० बलमा ३ छक्कासहित १९ रन जोडे । इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । तास्किन अहमद र मुस्तफिजुर रहमानले समान १–१ विकेट लिए ।

अफगानिस्तानको जितसँगै विश्वकपको पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । यो सँगै आइसिसी टि–२० विश्कपको सेमिफाइनमा अफगानिस्तान, दक्षिण अफ्रिका, भारत र इंग्ल्यान्ड पुगेका छन् । सेमिफाइनलमा अफगानस्तान र दक्षिण अफ्रिका एक आपसमा भिड्नेछन् । अर्को सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्