Logo

सुन चाँदीको घट्यो मूल्य

 

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेका छन् ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार
भएको थियो । येसैगरि , बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्