Logo

लगातारको वर्षाका कारण विराटनगरमा जनजीवन अस्तव्यस्त, ६ सयभन्दा बढी घर डुबानमा

 

 

काठमाडौँ – लगातारको वर्षाका कारण विराटनगर जलमग्न भएको छ । मङ्गलवार बिहानदेखि विराटनगरमा पानी परिरहेको छ । मंगलबार दिउँसो विराटनगरमा पानी रहे पनि रातीबाट लगातार पानी परिरहेको हो । पानीका कारण विराटनगरका विभिन्न टोल डुबेका छन् ।पानीको निकास थुनिएका कारण धरान विराटनगर सडक खण्डको ढाटमा सडकबाटै पानी बगेको हो । आयल निगम क्षेत्र पनि डुबानमा रहेको छ । विराटनगरको रानी क्षेत्रमा पनि घरहरू डुबान मा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै विवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिएका छन् । खोलाको बाढी विराटनगर महानगरपालिका ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिएका छन् ।वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्