Logo

टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’ विवादपछि पूर्वप्रस्तोता सुरज सिंह ठकुरीको शोको ब्रान्ड ध्वस्त भएको टिप्पणी

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद अझै सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् ।

यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका छन् । उनले कान्तिपुर टिभी र इट्स माइ शोसँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि प्रष्ट्याएका छन् ।

सुरजले लेखेका छन्, ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु– म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा ।’

‘म यति मात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमान्दारी र मेरो ब्रान्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रुपमा म दुःखी छु’, उनले लेखेका छन् ।

सुरजले वर्षौंदेखि दर्शकहरुले देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन् । आफ्नो करिअरमा दर्शकको प्रोत्साहन प्रमुख शक्ति भएको भन्दै उनले रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्