Logo

रहसेमय २० लाख नगदसहित एक जनालाई प्रहरीलेद्वारा पक्राउ

 

 

काठमाडौँ – स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार रहेका छन् ।

गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा मंगलबार खटिएको परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद गरेका छन् । उनीमाथि थप अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रिप्टोकरेन्सी बाइनान्समा समेत लगानी गरेको खुलेको थियो । बाइनान्समार्फत ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबार गरेको भेटिएको छ । उनीमाथि परिसरले थप अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्