Logo

१० वर्षपछि भारत विश्वकपको फाइनलमा, विराट र रोहितले शन्यास लिने चर्चा

काठमाडौं– आइसिसी टि–२० विश्वकपको अब अन्तिम अर्थात् फाइनल खेल बाँकी छ । विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्दैछन् । समुह चरण, सुपर ८, सेमिफाइन हुँदै विश्वकपको फाइलसम्म यी दुई टोलीले अपराजित यात्रा तय गरेका छन् । अब शनिबार नेपाली समयअनुसार राती ८ः१५ मा वेस्ट इन्डिजको बार्बेडोसमा सुरु हुने खेलमा उपाधिका लागि यी दुई टोली भिड्दैछन् ।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत टी२० विश्वकपको फाइनलमा पुगेको हो ।
योसँगै १० वर्षपछि भारत विश्वकपको फाइनलमा पुगेको छ । भारतले पछिल्लो १३ वर्षदेखि कुनै पनि विधाको विश्वकप जित्न सकेको छैन । सन् २०११ मा भारतले टि–२० विश्वकप जीतेको थियो । २०१४ मा फाइनलसम्म पुगेको भारतले श्रीलंकासँग हार व्यहोर्दै विश्वकपको उपाधिबाट हात धुनुपरेको थियो ।

यता १० वर्षपछि भारत विश्वकपको फाइनलमा पुग्दैगर्दा भारतका चर्चित दुई खेलाडीले सन्यास लिने चर्चा समेत हुन थालेको छ । भारतको कप्तानी गरिरहेका रोहित शर्मा र विराट कोहलीले यो विश्वकपछि शन्यास लिने चर्चा भइरहेको छ ।

विराट कोहली छत्तीस वर्ष लाग्दैछन् । कप्तान रोहित शर्मा ३७ वर्ष पुरा भएका छन् । वेस्ट इन्डिज हाल विश्वकप खेलिरहेको भारतको टीममा ३५ वर्षमाथिका ३ जना खेलाडी छन् । १० जना ३० वर्षभन्दा माथि उमेर समुहका छन् । ३५ वर्ष माथिका खेलाडीमा रवीन्द्र जडेजा पनि सामेल छन्। टी–२० का शीर्ष ब्याटर सूर्यकुमार यादव ३४ वर्ष लाग्दैछन्।

भारतीय क्रिकेटका पूर्व कप्तान समेत रहेका कोहलीले सन् २०२४ को आईसिसी टी–२० विश्वकपमा हालसम्म ७ म्याच खेलेका छन् र जम्मा ७५ रन मात्रै बनाउन सकेका छन्। जबकी उनको स्ट्राइक रेट १०० र औसत निकै खराब १०‍.७१ रहेको छ। उनको यो प्रदर्शन पछि उनका फ्यानहरू निकै उदास देखिएका छन्।

गत महिना सकिएको इन्डियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका कोहलीले जारी विश्पकमा खराब प्रदर्शन गर्दा उनका सबै फ्यान र क्रिकेट जगतका दिग्गजहरू पनि अचम्मित छन्। उनको प्रदर्शन पछि आगामी म्याचहरूमा के गर्ने भन्ने विषयमा कोच लगातयले सोचविचार गर्नुपर्ने बहस पनि हुन थालेको छ। उता रोहितको उमेरले पनि अब नयाँ खेलाडीलाई मौका दिनुपर्छ भनिरहेको छ ।

भारतले विश्वकप जितेको खण्डमा उनीहरूका निम्ति त्योभन्दा अझ ठूलो उपाधि जित्न बाँकी केही रहने छैन र जितपछि उनीहरू किनारा लाग्न सक्नेछन्। भारतले हार्‍यो भने चाहिँ उनीहरूमाथि बाटो लाग्न दबाव पर्ने पक्का देखिन्छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्