Logo

एसइईमा पास भए तर नतिजा हेर्नु अघि नै अस्ताए लमजुङका विकल सुनार

काठमाडौं– बिहीबार माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजा सार्वजनिक भयो । नतिजा सार्वजनिक भएपछि उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु खुसी बाँडिरहेका छन् । नतिजा सन्तोषजनक नआउने विद्यार्थी भने अब राम्रो गरि पढ्ने अठोट लिएका छन् ।

तर लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनी सुनारटोलका १६ वर्षीय विकल सुनारले भने आफ्नो एसइईको नतिजाबारे कुनै प्रतिकृया जनाउन पाउनेछैनन् । उनी अब कक्षा ११ मा अरु जसरी पढ्ने छैनन् आफ्ना कुनै पनि सपना पुरा गर्न सक्नेछैनन् ।

विकल पनि अन्य चार लाख विद्यार्थी झैँ एसइईको परीक्षाको नतिजा कुरिरहेका थिए । तर दुभाग्यव उनी एसइईको नतिजा आउनु अघि नै यो संसारबाट विदा भएका छन् ।

विकलले दोर्दी गाउँपालिकार्क जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका थिए । उनले बिहिबार भएको एसइई नतिजामा २.८ जिपिए प्राप्त गरेका छन् । उनले उक्त अंकका साथ विद्यालयका पाँच उत्कृष्ट विद्यार्थी बनेका छन् । यस पटक जनकल्याण माविबाट एसइई दिएका ५१ मध्ये विकलसहित २३ जना उत्तीर्ण भएका छन् ।

जसमा ३.६ जीपीएभन्दा बढी १ जना, ३।२ जीपीए ४ जना र २।८ जीपीएसहित यो विद्यालयबाट १७ जना उत्तीर्ण भएका छन् । यीमध्ये विकल उच्च जीपीएसहित पाँचौँ स्थानमा रहँदै यो विद्यालयबाट उत्तीर्ण भएका थिए ।

तर विकलले नतिजा हेर्नै पाएनन् । यही मंगलबार रातिको पहिरोले उनको घर पु¥यो । पहिरोले घरमात्र पुरेन दाजुसँगै सुतिरहेका विकललाई पहिरोेले सोह¥यो । पहिराका कारण विकल र उनका १८ वर्षका दाजु मिलन सुनार गम्भीर घाइते भए । पहिरोमा पुरिएर घाइते अवस्थामा मिलन र विकललाई उद्धार गरि अस्पताल लगियो । तर भाइ विकल सधैँलाई अस्ताए । मिलनको भने जिल्ला अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्