Logo

मानव सेवा फाउन्डेसनद्वारा तीन सय जनाको उपस्थितिमा पशुपतिक्षेत्रमा वृहत सरसफाई

काठमाडौं– लम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री हसिना खानको उपस्थितीमा शुक्रबार पशुपति क्षेत्रमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । सामाजिक,धार्मिक तथा वातावरणीय स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मानव सेवा फाउन्डेसनले शुक्रबार पशुपति क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बृहत सरसफाई कार्यक्रममा लम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्रि तथा जनता समाजवादी पार्टी (जसपा) की नेत्री खान, विभिन्न सुरक्षा निकायका प्रतिनिधी, आमा समूह तथा फाउन्डेसनका सदस्य र अन्य सामाजिक तथा धार्मिक संघसस्थामा आवद्ध रहेका व्यक्तिहरु गरि करिब ३ सय बढी व्यक्तिहरुको सहभागीतामा पशुपति सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

फाउन्डेसनको आयोजनामा आगामी साउनमा आयोजना हुन लागेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको पूर्व सन्ध्याको अवसरमा पशुपति क्षेत्र सरसफाई कार्यक्रमको आयोजना गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु कुमार थापाले जानकारी दिए । सरसफाई कार्यक्रम वनकाली हंसमण्डप,पशुपति मन्दिर परिसर,कैलाश पर्वत क्षेत्र,सुमार्गी भवनको क्षेत्र लगायको क्षेत्रमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्