Logo

रक्षामन्त्री हरीप्रसाद उप्रेतीद्वारा नवनिर्मित मालपोत कार्यलय तथा नापी कार्यलयको उद्धघाटन

सर्लाही– सर्लाहीमा मालपोत कार्यलय तथा नापी कार्यलयको उद्घाटन भएको छ । रक्षामन्त्री हरीप्रसाद उप्रेतीको उपस्थितिमा हरिवन नगरपालिका वडा नं ९ मा नवनिर्मित मालपोत कार्यलय तथा नापी कार्यलयको उद्धघाटन भएको हो ।
उद्घाटन कार्यक्रमको सम्बोधन गर्दै मन्त्री उप्रेतीले आफु निर्वाचित क्षेत्रको मालपोत कार्यालय उद्घाटन गर्न पाउँदा खुसी महसुस भएको बताए ।

कार्यक्रममा बोल्दै उनले नेपालमा हरेक कुराको उत्पादन लागत बढी हुने तर छिमेकी मुुलुकले कम लागतमा उत्पादन गर्ने गरेको र यसबाट उठ्न नेपाललाई केहि समय लाग्ने बताए । उनले भने, ‘उनीहरु अनुदान नै अनुदानमा उत्पादन गर्छन् । हामी ऋण नै ऋणमा उत्पादन गछौँ, । तर उत्पादित सामाग्रीको बजारीकरणमा ध्यान दिए राम्रो हुने उनले बताए ।

यस्तै उनले युवाहरुलाई विदेशिएर अपमानित हुनुभन्दा नेपालमै मेहेनत गर्दै अघि बढेमा मुलुक चाँढै समृद्ध हुने बताएका छन् । निराश नभइ केहि गर्छु भन्ने अठोटका साथमा काम गरे नेपाल अबको दश वर्षमा बन्ने उनले दाबी गरे ।

मुलुकका लागि हित हुने विषयको विश्लेषण गर्नसमेत उनले पत्रकारहरुलाई आग्रह गरे । गलत समाचारलाई सम्प्रेषण गनुपर्ने बताउँदै उनले मुलुकलाई आत्मनिर्भर बन्नबाट रोक्ने र आघात पु¥याउने किसिमको समाचार सम्प्रेषण भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्