Logo

भाइरल भिडियोको मनै रुवाउने कथा, जो कोहिको आँखाबाट आँसु खस्छ

काठमाडौं– यतिबेला सामाजिक सञ्जालमा एक मार्मिक भिडियो छाइरहेको छ । उक्त भिडियोमा एक वृद्ध जिवनको अन्तिम सास लिइरहेका छन् । उनले अर्धवेहोस अवस्थामा छन् । उनलाई वरिपरिबाट परिवार र आफन्तले घेरेका छन् । ती वृद्धले भने आफ्नो छोरालाई खोजीरहेका छन् ।

बुवाले छोरालाई खोजेपछि वैदेशिक रोजगारीमा रहेका छोरालाई भिडियो कल लगाइएको छ । छोराको आवाज सुनेपछि बुबाले केहि हलचल गरेका छन् र छोरालाई मनभित्रका हजारौँ भावना पोख्न खोजीरहेका छन् । तर उनीसँग बोल्नसक्ने शक्ति छैन । छोराले भिडियो कलमा भनिरहेका छन् ‘वुवा नआँत्तिनु म आउँछु । नआँत्तिनु है म आउँदैछु ।,

यताबाट छोरालाई बुबाले बोल्न नसक्ने र छोरालाई बोलिरहन परिवारका सदस्यले आग्रह गर्दै भन्छन् ‘बोलिराख् बुवाले बोल्नसक्नुहुन्न नि त । बुवाले सुनिराख्नुभाको छ । त बोलेको बोलेइ गर् न ।’ जवाफमा वैदेशिक रोजगारीमा रहेका छोराले केबल ‘वुवा नआँत्तिनु म आउँछु । नआँत्तिनु है म आउँदैछु,’ भनिरहेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियो त प्रतिनिधि घटनामात्र हो । हाम्रा समाजमा अन्तिम साससम्म वैदेशिक रोजगारीबाट छोराछोरी फर्कने र पुनर्मिलन हुने आशा राख्दा राख्दै प्राण त्याग्न कयौँ बुवाआमा बाध्य छन् ।

आमाबुवाको बुढेसकालका लौरी छोराछोरी हुन् । सारा जिवन सन्तान हुर्काउन र लालनपालनका लागि खर्चिरहँदा बुढेसकालमा त्यहि सन्तानको साहारा पाउने आश हरेक अभिभावकले राखेका हुन्छन् ।

जब सन्तान हुकँदै जान्छन् परिवारको जिम्मेवारीले थिच्न थाल्छ । नेपालमा आवश्यकता र रहरले थिचेपछि लाखौँ युवाहरु विदेशिएका छन् । हातमा पासपोर्ट र भिसा बोकेका छोराछोरीलाई रातो टिका लगाइदिएर उमेरले नेटो काटिसकेको बुवाआमाले नै एयरपोर्टमा बिदा गर्न बाध्य छन् ।

पछिल्लो तीस वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि ५९ लाख ६९ हजार नेपाली विदेश पुगेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म २ लाख ८५ हजारले वैदेशिक रोजगारीको लागि पहिलोपटक श्रम स्विकृति लिएका छन् । उच्च शिक्षाका लागि भन्दै १८ वर्ष लाग्ने वित्तिकै विदेशिने क्रम निकै बाक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्