Logo

विराट र रोहितपछि रवीन्द्र जडेजाले लिए टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट शन्यास

काठमाडौं– आईसिसी टि–२० विश्वकप २०२४ को उपाधी भारतले जितेपछि भारतका तीन खेलाडीले शन्यास लिएका छन् । भारतको कप्तानी सम्हालेका रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले टी–२० फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट शन्यास लिने घोषणा गरेका हुन् ।

यी ३ खेलाडी नै भारतको टि–२० विश्वकपमा सबैभन्दा बढी उमेरका खेलाडी थिए । उनीहरु ३५ वर्ष पुरा भइसकेका छन् । विराट कोहली छत्तीस वर्ष लाग्दैछन् । कप्तान रोहित शर्मा ३७ वर्ष पुरा भएका छन् । रवीन्द्र जडेजा पनि ३५ वर्ष नाघिसकेका छन् ।

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १३ वर्ष यताको उपाधि खडेरी तोड्दै टी–२० विश्वकपमा दोस्रो उपाधि जितेको थियो।

रोहित शर्मा जारी विश्वकपमा ८ खेलबाट २५७ रन बनाउँदै सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो नम्बरमा परेका छन् । शन्यास अघिको खेलमा विराट कोहली म्यान अफ द म्याच घोषित भएका थिए ।

विश्वकपको उपाधि हात पार्दै त्योभन्दा अझ ठूलो उपाधि जित्न बाँकी नरहेको र संन्यासका लागि यो भन्दा उत्तम समय नभएको उनीहरुले बताएका छन् । अब अर्को पुस्तालाई पालो दिने बेला भएको भन्दै उनीहरुले शन्यास लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्