Logo

प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती, पाँच हजार सात सय ८० किलोग्राम नष्ट

काठमाडौं– अहिले आँपको सिजन छ। फलफुलको राजा मानिने आँप सबैको प्रिय फल हो। बजारमा नेपालदेखी भारतसम्म विभिन्न जातका आँप पाइन्छन् । तर बजारमा आँप बढेसँगै प्रतिबन्धित रसायन हालेर पकाएको आँप पनि बढेको छ ।

कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री–वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल–पसलमा बिक्री भइरहेको छ।

प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आँप बरामद गरी नष्ट गरेको छ ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेको थियो । सोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो । बरामद भएको २० किलोका २८९ क्रेट अर्थात् पाँच हजार सात सय ८० किलोग्राम आँप आइतबार नष्ट गरिएको छ।

भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो । प्रतिबन्धित रसायन हालेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताइएको छ । । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रसायन प्रयोग नगरिएका आँप मात्रै बिक्री–वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्