Logo

लगातार आज तेस्रो दिन पनि बढ्यो सुनको भाउ, चाँदी स्थिर रहेको छ

 

 

काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। भने सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ।

प्रतिक्रिया दिनुहोस्