Logo

तारा एयरकाे विमान सम्पर्कविहीन भएको सूचना हल्लामात्रै

काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको भन्ने सूचना हल्लामात्र रहेको पुष्टि भएको छ । सोमबार सामाजिक सञ्जालमा तारा एयरको विमान सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो ।

हाल कुनैपनि विमान सम्पर्कविहिन नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले उक्त हल्ला निराधार रहेको बताइका छन् ।

उनले भने,‘भर्खरै पोखरा टावरसँग कुरा भयो, त्यस्तो केही भएको खबर छैन। यो हल्ला कहाँबाट आयो हामी सिरियसली खोजी गर्छौं।’
उनले सबै सम्पर्कमा रहेको जानकारी पोखरा टावरले दिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्