Logo

६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशको संलग्नता भेटिएन– सिआईबी

काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा दिपेश पुनको संलग्नता नभेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सो सँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई प्रतिवादी बनाउन नपर्ने निष्कर्ष निकालेको छ ।

२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणको अनुसन्धानमा दिपेशको संलग्नता नभेटिएको सीआईबीले जनाएको हो । सोही आधारमा दिपेश पुनलाई प्रतिवादी नबनाइएको सीआईबीको भनाइ छ । सीआईबीले यस प्रकरणमा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ ।

यस प्रकरणमा नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना अझै फरार रहेका छन् । सोमबार सीआईबीले पत्रकार सम्मेलन गरी यसबीचमा ब्रेकसू र इलेक्ट्रोनिक सामानमा गरी ३० अर्बभन्दा बढी पर्ने ३२ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्