Logo

अविरल वर्षाक कारण ओखलढुंगा जिल्लामा रहेको मोलुंगमा पहिरोबाट ५ घरमा क्षति

 

 

काठमाडौँ – ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको हो । गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिएका छन् ।

वडाध्यक्ष सुनुवारका अनुसार टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घर पहिरोले क्षति पुर्‍याएको छ भने मानवीय क्षति हुन पाएको छैन । केही पशु चौपायाको पहिरोमा परि मृत्यु भएका छन्’, वडाध्यक्ष सुनुवारले जानकारी दिएका छन् ।

पहिरोले घरमा क्षति भएपछि स्थानीयलाई विद्यालय भवनमा राख्न लागिएको जानकारी दिँदै उनले पहिरोका कारण त्यस क्षेत्रमा अन्य घरपनि जोखिममा परेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्