Logo

‘स्वतन्त्र प्रतिनिधि भएकाले बालेनलाई असफल बनाइँदैछ’– ज्ञानेन्द्र शाही

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ ले स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले जहाँ पनि सिन्डिकेट भएको बताए ।

वार्षिक ६ लाख युवाले देश छाड्दै गरेकाले खोक्रो भाषण गरेर नहुने उनले बताए । ‘स्वतन्त्र प्रतिनिधि भएकाले काठमाडौं महानगरमा बालेन शाहलाई असफल बनाइँदैछ,’ उनले भने, ‘स्थानीय तह दलविहीन राजनीति हुनुपर्छ ।’ महानगरमा वडाध्यक्षहरू राजनीतिक आस्था राखेर कार्यसम्पादन गर्ने भएकाले नगर प्रमुखलाई असफल बनाउन खोजिएको उनले बताए ।

संसदको भित्तामा सांसदहरूले गर्न हुनेरनहुने काम लेख्नुपर्ने उनले बताए । टीभी र समाचारमा कसरी आइन्छ भनेर काम गर्न भन्दा पनि ठूला फाइल खोल्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्