Logo

बागमतीमा थपिए ३५ जना डेंगु सङ्क्रमित

काठमाडौं– बागमती प्रदेशमा ३५ जना डेंगु सङ्क्रमित थपिएका छन् । असारको १७ गते सोमबारसम्म काठमाडौँमा १८, काभ्रेपलान्चोकमा ८, चितवनमा ६ र ललितपुर, मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखपछि बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार असारमा प्रदेशका काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपलान्चोकमा डेंगुका बिरामी फेला परेका हुन । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि असार १७ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ८३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्