Logo

सोह्रखुट्टेमा सडक भासिदाँ गुडिरहेको मोटरसाइकल डुब्यो

काठमाडौं– काठमाडौंको गुडिरहेको मोटरसाइकल सडकमा भासिएको छ । बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टेको नयाँबजारस्थित सडक बीच भागमा भासिएको हो।

सडक भासिएर बनेको खाल्डोमा गुडिएको मोटरसाइकल डुबेको हो । मोटरसाइकलमा सवार दुईजना पनि खडकको खाल्डोमा डुबेका थिए । उनीहरु सकुशल बाहिर निस्किएका थिए। खाल्डोमा परेको मोटरसाइकल भने पूर्ण रूपमा डुबेको थियो।

खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट बेरअघि निकालिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ। सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ।

प्रहरीका अनुसार पानी ढल फुटेर आएको हो कि अरू नै हो भनेर बुझ्ने प्रयास भइरहेको छ। महानगरले मोटर प्रयोग गरेर त्यहाँको पानी निकालिरहेको छ। सडकमा क्षति पुगेसँगै सवारीसाधनहरू एकतर्फीरूपमा आलोपालो चलिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्