Logo

रास्वपाको बैठक लाइभ नगरेपछि महामन्त्रीले मुखमा टाँसे कालो टेप

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकाल बैठकमा मुखमा कालो टेप टाँसेर उपस्थित भएका हुन् । बालाजुस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठक लाइभ नगर्ने निर्णयप्रति विरोध जनाएका हुन् ।

बैठक लाइभ नगर्ने निर्णय भएपछि आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएको महामन्त्री ढकालले बताए ।

बैठकमा महामन्त्री ढकालको प्रतिवेदन, नयाँ सत्ता समीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्