Logo

कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा खेल्ने देशको टुङ्गो लाग्यो, यी देशबीच खेल हुने

काठमाडौं— कोपा अमेरिका २०२४ मा कोलम्बियाले बुधबार ब्राजिल सम्मिलित समूह जितेको छ । समूह डी को खेलमा कोलम्बियाले ब्राजिललाई १–१ को बराबरीमा रोक्यो । यो जितपछि कोलम्बियाको ७ अंक बनाउँदै समूहको शीर्षमा रह्यो ।

ब्राजिल भने ५ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम यस समूहबाट क्वाटरफाइनल चरणमा पुगेका छन् । योसँगै कोपा अमेरिकाको क्यालिफाइर समिकरण पुरा भएको छ ।

समूह ‘सी’ बाट उरूग्वे समूह विजेता र पानामा उपविजेता बनेर क्वाटरफाइलन पुगेको छ। उरूग्वेले समूह चरणका तीनै खेल जित्दा पानामाले दुई जित र एक हारसहित ६ अंक जोडेर उपविजेता बनेको छ ।

समूह ‘बी’ बाट भेनेजुयला तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक जित, एक हार र एक बराबरी खेलेको इक्वेडर ४ अंकसहित उपविजेता बनेर क्वाटरफाइनल पुगेको छ।

समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा क्वाटरफाइनल पुग्यो। अर्जेन्टिनाले समूह चरणको सबै खेल जितेर ९ अंक जोडेर क्वाटरफाइनल प्रवेश गरेको हो ।
उक्त समूहबाट क्यानडा १ जित, एक हार र एक बराबरी खेल्दै समूहको उपविजेता बनेर क्वाटरफाइनल पुगेको हो।

क्वाटरफाइनलको खेल जुलाइ ५ देखि सुरू हुनेछ। पहिलो खेल शुक्रबार अर्जेन्टिना र इक्वेडरबीच हुनेछ। भेनेजुयलाले क्यानडासँग, कोलम्बियाले पानामासँग र ब्राजिलले उरूग्वेसँग क्वाटरफाइनल खेल्नेछ।

कोपा अमेरिकाको सेमिफाइनल जुलाई १० र फाइनल जुलाई १५ मा हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस्