काठमाडौँ -अग्रखाचीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् । मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेका हुन् ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया