Logo

महामन्त्री मुकुल ढकालको रास्वपासँग मागः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले सभापतिलाई लेखेको प्रस्तावमा यस्तो माग गरेका हुन् ।

उनले सभापतिलाई लेखेको प्रस्तावमा भनेको छन्, “गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।”

उनले जुन दिन निर्णय गर्न उपयुक्त हुन्छ त्यही दिन गरिदिन पनि सक्ने बताएका छन् ।

“देश निर्माण र देश निर्माणका लागि जीवन नै समर्पण गरेको छु । गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही पनि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । ’ उनले ‘मैले विवाह गरेँ र छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छाअनुसार गर्ने हो वा पार्टीको नीतिअनुसार।’ भन्दै प्रश्न गरेका छन् ।

विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

‘प्रिय सभापति रवि सर’ सम्बोधन गर्दै लिखित धारणामा मुकुलले २०८९ को चुनावभन्दा अगाडि सांसद, मन्त्री वा कुनै सरकारी लाभको पदमा नबस्ने समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्