Logo

आज एमालेले मन्त्री फिर्ता बोलाउँदै

काठमाडौं– नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । हिजो बसेको सचिवालय बैठकले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो । तर, प्रचण्डले राजीनामा नदिएपछि एमाले आफै सरकारबाट हट्ने भएका छ ।

दिउँसो ३ बजेपछि एमालेले मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता गरेको निर्णय गराउने एमालेले जनाएको छ । सरकारमा एमालेका ८ जना मन्त्री छन् ।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । एमालेले कांग्रेसबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्