Logo

सङ्खुवासभामा यो बर्ष बाढीपहिरोबाट ४३ परिवार विस्थापित

 

 

काठमाडौँ – सङ्खुवासभामा यो वर्षको मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेबल पुलमा क्षति पुगेका छन् ।

विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्गअन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिएका छन् । बाढीपहिरोबाट मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन् भने बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको हो ।

बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएका छन् । जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्