काठमाडौं – थापाथलीस्थित बागमती पुलमुनि मृत भेटिएका पुरूषको सनाखत भैराखेको छ । बैतडी पुचौडी नगरपालिका–८ मल्लादेही घर भई हाल मैतिदेवी बस्ने २४ वर्षीय गोविन्द बहादुर बोहरा रहेको प्रहरीले अनुसन्धानमा खुलाएको छ । असार १७ गते साँझ अन्दाजी ५ बजेको समयमा नदीले बगाई ल्याएको अवस्थामा थापाथलीस्थित बागमती पुलमुनी उनको शव फेला परेको हो ।
प्रहरीले शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाएकोमा मृतकका काका हाल किर्तिपुर–६ चारघरे बस्ने वर्ष २८ का महेश बोहराले मृतकको सनाखत गरेका हुन् ।
मृतक गोविन्द असार १५ गते पशुपति क्षेत्रबाट हराई बेपत्ता भएको भएको महेशले प्रहरीसँग बताएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया