काठमाडौं– ललितपुर महानगरपालिकाले अख्तियार आयुक्तको घरमा डोजर चलाएको छ। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा। सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरले डोजर लगाएर भत्काएको हो । ललितपुरको वडानम्बर–१० चाकुपाटस्थित अमात्यको घरमा महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा डोजर लगाइ पर्खाल भत्काइएको हो । अमात्यको घरको कम्पाउन्ड पर्खाल मन्दिरको जग्गा मिचेर बनाइएको थियो ।
स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले आयुक्तले घरले मन्दिरको जग्गा मिचेको उजुरी दिँदै अतिक्रमण हटाउन माग गर्दै आएका थिए। महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको जनाएको छ।
घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।
प्रतिक्रिया