काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाख रुपैयाँभन्दा बढी रकम आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।
उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत उक्त आर्थिक वर्षमा ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त रकम घरभाडाबापत एक लाख ९६ हजार ५६०, बैठक भत्ता रु ४० हजार, राहत वितरण एक लाख ३५ हजार, इन्धनमा ३५ हजार, कार्यालय सामान खरिदमा एक लाख, अनुगमन भत्ता दुई लाख, विद्युतीय सामग्री खरिदमा तीन लाख ९० हजार खर्च भएको छ ।
प्रतिक्रिया