Logo

एक हजार छ सय रूपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं– नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रूपैयाँ बढेर आज १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्