काठमाडौँ – धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको हो । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताएका छन् । उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको जनाएको छ ।
उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका हुन् । बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।
प्रतिक्रिया