Logo

एमालेले ग्रेड वृद्धी परिक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने

बुटवल– नेकपा एमालेले एसइईको ग्रेड वृद्धी परिक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने भएको छ । अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एसइईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताए ।

उनले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै उनले शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताए ।
अध्यक्ष ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य–मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए । उनले अनलाइन कक्षा लिनको लागि केपी शर्मा ओलीको फेसबुक पेजमा जोडिनुपर्ने बताए ।

धेरै विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा फेल भएको भन्दै ती विषयको अनलाइनबाट दक्ष प्रशिक्षकले अध्यापन गराउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्